नेपाल उद्योग परिसंघ (सीएनआई) का उपाध्यक्ष हेमराज ढकालले नेपालको अर्थतन्त्रलाई १०० बिलियन डलरको स्तरमा पुर्याउन गैरआवासीय नेपाली (एनआरएन) को लगानी अपरिहार्य रहेको बताएका छन्।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औं महाधिवेशनमा सम्बोधन गर्दै उपाध्यक्ष ढकालले भने, “सन् २०२६ मा नेपाल अति कम विकसित राष्ट्र (एलडीसी) बाट स्तरोन्नति भएपछि वैदेशिक सहायता घट्ने भएकाले देश विकासका लागि डायस्पोराबाट लगानी आवश्यक हुने छ।”
उनले युवाहरू विदेशिने क्रमलाई ‘ब्रेन ड्रेन’ (प्रतिभा पलायन) का रूपमा मात्र नहेरी ज्ञान र पुँजी निर्माणको अवसरका रूपमा लिनुपर्नेमा जोड दिए। ढकालले भने, “हाम्रो आन्तरिक स्रोतले मात्र सय बिलियन डलरको अर्थतन्त्र बनाउन सम्भव छैन। एलडीसी ग्राजुएसनपछि वैदेशिक सहायताको योगदान कम हुने भएकाले नेपाललाई रूपान्तरण गर्न एनआरएनको लगानी बढाउनुको विकल्प छैन।”
उनले आफ्नो व्यक्तिगत अनुभव साझा गर्दै भने, “३० वर्ष जापान बसेर त्यहाँको पद्धति र सीप सिकेर नेपाल फर्की व्यवसाय गरिरहेको उदाहरणमार्फत दक्षिण कोरिया र जापानको सफलताबाट नेपालले सिक्नुपर्ने आवश्यकता औँल्याए।”
ढकालले लगानीको वातावरण बनाउन सरकारले कानूनहरूमा द्रुत सुधार गर्नुपर्नेमा जोड दिनुएका छन्। उनका अनुसार, जबसम्म आफ्नै डायस्पोरालाई नेपालमा लगानी गर्न विश्वस्त बनाउन सकिँदैन, तबसम्म प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) आउन सक्दैन।
















प्रतिकृया