कक्षा १२ को नतिजा सार्वजनिक, कति प्रतिशत विद्यार्थी भए उत्तीर्ण ?

कक्षा १२ को नतिजा सार्वजनिक, कति प्रतिशत विद्यार्थी भए उत्तीर्ण ?
AdvertisementAds

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। शुक्रबार बिहान बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो।

बोर्डका अनुसार बिहान ८ बजे बसेको बैठकबाट नतिजा सार्वजनिक गरिएको हो।

बोर्डका अनुसार नियमिततर्फ ६९.७५ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्। गत जेठ १४ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको परीक्षामा कुल ४ लाख १८ हजार १७० विद्यार्थी सहभागी भएका थिए।

तीमध्ये नियमिततर्फ ३ लाख ३२ हजार २४१ र आंशिकतर्फ ८५ हजार ९२९ परीक्षार्थी रहेको बोर्डले जनाएको छ।

सरकारले कक्षा १२ को नतिजा ४५ दिनभित्र सार्वजनिक गर्न निर्देशन दिएको थियो। तर परीक्षा बोर्डले निर्धारित समयभन्दा अगावै नतिजा सार्वजनिक गरेको हो।

AdvertisementAds

यसअघि माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा पनि परीक्षा सम्पन्न भएको २९ दिनमै सार्वजनिक गरिएको थियो। सरकारले एसईईको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन दिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स