SHAREHUB SHAREHUB

सिटिजन्स बैंकको नाफा घट्यो, खराब कर्जा ५ प्रतिशत नजिक

Advertisement Ads
सिटिजन्स बैंकको नाफा घट्यो, खराब कर्जा ५ प्रतिशत नजिक
Advertisement Ads

सिटिजन्स बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, बैंकको खुद नाफा २.०८ प्रतिशतले घटेर १ अर्ब २९ करोड ३३ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब ३२ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

चौथो त्रैमाससम्ममा सिटिजन्स बैंकको खुद ब्याज आम्दानी ११.२० प्रतिशतले बढेर ६ अर्ब ३६ करोड ४९ लाख रुपैयाँमा पुगेको छ भने सञ्चालन मुनाफा ४ करोड ७६ लाख रुपैयाँले घटेर २ अर्ब ९ लाख रुपैयाँमा सीमित भएको छ।

बैंकको खराब कर्जा अनुपात ०.८४ प्रतिशतविन्दुले बढेर ४.९४ प्रतिशत पुगेको छ। यस्तै, इम्पेयरमेन्ट चार्ज १ अर्ब ७५ करोड रुपैयाँ ऋणात्मक बाट २ अर्ब ६२ करोड रुपैयाँ ऋणात्मक भएको छ।

समीक्षा अवधिमा बैंकले २ खर्ब ११ अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६८ अर्ब ९५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

सिटिजन्स बैंकको चुक्ता पूँजी १४ अर्ब ७६ करोड ९० लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य नाफा ७७ करोड ५४ लाख रुपैयाँ रहेको छ। बैंकले ५.२५ प्रतिशत लाभांश बाँड्ने क्षमता बनाएको छ।

Advertisement Ads

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ९ रुपैयाँ ३० पैसाबाट घटेर ८  रुपैयाँ ७६ पैसामा आएको छ। यस्तै, प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ ४२ पैसा रहेको छ।

अन्य कम्पनीहरूको चौथो त्रैमासको वित्तीय विवरण सहज रूपमा पढ्न हामीलाई Facebook मा Follow गर्नुहोस्।

Q4 Bank Nepali 1080 x 1350 px 8 https://bajarkochirfar.com/citizens-banks-profit-declines-bad-loans-near-5-percent | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स