खर्च नियन्त्रण गर्न नसक्दा छ्‌याङदी हाइड्रोपावरको घाटा ११८ प्रतिशतले बढ्यो

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख ३१ गते
खर्च नियन्त्रण गर्न नसक्दा छ्‌याङदी हाइड्रोपावरको घाटा ११८ प्रतिशतले बढ्यो

छ्‌याङदी हाइड्रोपावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार कम्पनीको खुद घाटा ११८.१२ प्रतिशतले बढेर ४ करोड २ लाख पुगेको छ।अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यस अवधिमा को विद्युत बिक्री आम्दानी अघिल्लो त्रैमासको तुलनामा २६.०४ प्रतिशतले बढेर १० करोड ३४ लाख पुगेको छ। यता, वित्तीय खर्च कम्पनीको प्रशासनिक खर्च ६२ लाख ६१ हजारबाट बढेर ८८ लाख ७४ हजार र वित्त खर्च ५ करोड ३ लाखबाट बढेर ७ करोड ३४ लाख रुपैयाँ पुगेको छ। यसका कारण नाफा घटेको हो।

यस जलविद्युत कम्पनीको रिटेन्ड अर्निङमा १९ करोड ७४ लाख रुपैयाँ ऋणात्मक अवस्थामा छ। समीक्षा अवधिमा कम्पनीको प्रति सेयर आम्दानी १०.३९ रुपैयाँ ऋणात्मक र प्रतिसेयर नेटवर्थ ५३.८८ रुपैयाँ रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स