छ्याङ्दी हाइड्रोपावर लिमिटेडको शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिने अन्तिम म्याद भोलि असार २७ गतेसम्म रहेको छ। यसअघि उक्त सेयरमा आवेदन दिने म्याद असार १२ गतेसम्म थियो, जसलाई बढाएर असार २७ गतेसम्म काम गरिएको हो।
कम्पनीले जेठ २३ गतेदेखि १:१ अनुपातमा शतप्रतिशत हकप्रद सेयर निष्काशन खुला गरेको थियो। कम्पनीले हालको चुक्ता पूँजीको आधारमा ३८ लाख ६९ हजार ७७५ कित्ता सेयर निष्काशन गरिरहेको छ।हकप्रद निष्काशनका लागि ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
हकप्रदका लागि कम्पनीले जेठ २ गते बुक क्लोज गरेको थियो, जसअनुसार जेठ १ गतेसम्म कायम रहेका सेयरधनीहरूले मात्रै आवेदन दिन सक्ने छन्। लगानीकर्ताहरूले धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र ‘मेरो सेयर’मार्फत अनलाइन आवेदन दिन सक्नेछन्।



















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया