छ्याङ्दी हाइड्रोपावर लिमिटेडले यही जेठ २३ गतेदेखि १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ। कम्पनीले हाल कायम रहेका सेयरधनीहरूलाई १ः१ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो।
नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त यस हकप्रद अन्तर्गत कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा कुल ३८ लाख ६९ हजार ७७५ कित्ता सेयर निष्कासन गर्नेछ।
हकप्रद सेयरका लागि कम्पनीले जेठ २ गते बुक क्लोज गरेकोले, जेठ १ गतेसम्म कायम रहेका सेयरधनीहरू मात्र यसमा आवेदन दिन सक्नेछन्।
आवेदन दिने म्याद असार १२ गतेसम्म तोकिएको छ।
यस हकप्रद सेयरको निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटल लिमिटेडले लिएको छ।




















प्रतिकृया