चीनको सिचुवान एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर्ड उडान गरेको छ। उक्त वायुसेवा बिहीबार बिहान १० बजे छेन्दुबाट १२९ जना यात्रूसहित पोखरा अवतरण गरेको हो।
सिचुवान एयरलाइन्स काठमाडौं हुँदै साढे ११ बजेको समयमा छेन्दु फर्कने छ। यो उडानसँगै सिचुवान एयरलाइन्सले पोखरा-काठमाडौं-छेन्दु रूटमा नियमित उडान सञ्चालन गर्ने तयारी गरेको छ। यसको जानकारी बिहीबार साढे ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन मार्फत दिने योजना छ।


















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया