छिमेक लघुवित्तको नाफा ३२ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा कति ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख २८ गते
छिमेक लघुवित्तको नाफा ३२ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा कति ?

छिमेक लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा ३२.५९ प्रतिशतले बढेर ८५ करोड ३५ लाख रुपैयाँमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ६४ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

इम्पेरिमेन्ट चार्ज घट्दा नाफामा सुधार देखिएको हो। यस्तै, निष्कृय कर्जा अनुपात ३.०४ प्रतिशतबाट घटेर २.६० प्रतिशतमा झरेको छ।समीक्षा अवधिमा छिमेक लघुवित्तको खुद ब्याज आम्दानी ०.३७ प्रतिशतले बढेर २ अर्ब ६ करोड रुपैयाँ पुगेको छ। सञ्चालन आम्दानी १२ करोड २ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य मुनाफा १८ करोड ४१ लाख रुपैयाँ पुगेको छ।

कम्पनीको कर्जा लगानी ११.२० प्रतिशतले बढेर ३९ अर्ब २८ करोड रुपैयाँ नाघेको छ। यस्तै, लघुवित्तले ३७ अर्ब ६३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।वित्तीय विवरण अनुसार लघुवित्तको प्रतिसेयर आम्दानी गत बर्षको तुलनामा ६ रुपैयाँ ५६ पैसाले बढेर ३५ रुपैयाँ ३९ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ २४७ रुपैयाँ १४ पैसा रहेको छ। हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब २१ करोड रुपैयाँ र जगेडा कोषमा २ अर्ब ८४ करोड रुपैयाँ सञ्चित छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स