चौधरी ग्रुपले नेपाली बजारमा भित्र्यायो मोटोरोला स्मार्टफोन, मूल्य कति पर्छ ?
चर्चित मोबाइल ब्रान्ड मोटोरोला अब आधिकारिक रूपमा नेपाली बजारमा उपलब्ध भएको छ। बिहीबार काठमाडौंको भिभान्ता होटलमा आयोजित विशेष कार्यक्रममार्फत चौधरी ग्रुप (सीजी) अन्तर्गतको सीजी मोबाइलले नेपालमा मोटोरोला स्मार्टफोन भित्रिएको घोषणा गरेको हो।
कार्यक्रममा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी र भारत अफलाइन तथा सार्क देशका प्रमुख श्री विपिन रैनाले मोटोरोला ब्रान्डका मुख्य विशेषताहरू प्रस्तुत गरे। कम्पनीका अनुसार मोटोरोला स्मार्टफोनमा ब्लोटवेयर नहुने, छिटो र सहज प्रयोग गर्न सकिने, तथा शुद्ध एन्ड्रोइडको अनुभव पाइने विशेषता छन्।
मोटोरोला स्मार्टफोनको मूल्य सूची
स्मार्टफोन मोडेल | RAM & Storage | मूल्य (NPR) |
---|---|---|
Moto G45 | 8GB RAM, 128GB Storage | 24,499 |
Moto G64 | 8GB RAM, 128GB Storage | 27,499 |
12GB RAM, 256GB Storage | 30,999 | |
Moto G85 | 8GB RAM, 128GB Storage | 34,499 |
12GB RAM, 256GB Storage | 37,499 | |
Moto Edge 50 Fusion | 12GB RAM, 256GB Storage | 46,499 |