राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्षा सुरु भएकाले तत्काल ठूलो आन्दोलन नहुने बताएका छन्। झापाको हल्दिबारीमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले उपयुक्त समयमा पार्टीले ठूलो आन्दोलन गर्ने दाबी गरे।
उनका अनुसार राप्रपाले सुरु गरेको आन्दोलन केवल राजसंस्था पुनःस्थापना र हिन्दू राष्ट्रका लागि मात्र नभई देशमा सुशासन र विकासको पक्षमा पनि हो। उनले पछिल्ला तीन दशकदेखि सीमित नेताहरूले देशको नेतृत्व गरिरहेकाले अब नेतृत्व परिवर्तन आवश्यक भएको बताए।
संविधानबारे बोल्दै अध्यक्ष लिङ्देनले संविधानका केही बुँदामा राप्रपाको फरक धारणा भए पनि केही पक्ष भने सकारात्मक रहेको टिप्पणी गरे।




















प्रतिकृया