नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अन्तर्घातको समस्याले पार्टीलाई चुनावमा बहुमत ल्याउन असम्भव बनाएको बताएका छन्। कांग्रेस नेतृ गौरीदेवी प्रधानको श्रद्धाञ्जली सभामा बोल्दै उनले पार्टीभित्रको एकता अभावकै कारण कहिले माओवादीसँग, कहिले एमालेसँग गठबन्धन गर्नुपर्ने बाध्यता रहेको स्पष्ट पारे। देउवाका अनुसार कांग्रेसले एक्लै सरकार बनाउन नसक्ने अवस्थाको मूल कारण अन्तर्घात नै हो।
सभापति शेरबहादुर देउवाले अब आफ्नो राजनीतिक जीवनबाट रिटायर्ड हुने समय आएको बताएका छन्। रिटायर्ड हुँदैगर्दा पार्टीलाई एकताबद्ध बनाउने चाहना रहेको उनले उल्लेख गरे। उनले कांग्रेसभित्र टिकट नपाउनेले आफ्नै पार्टीको उम्मेदवारलाई हराउने प्रवृत्ति रहेको भन्दै यसलाई पार्टीको मुख्य रोगको रूपमा चिनाए। देउवाले भने, “हाम्रो पार्टीमा टिकट एउटाले पाउँछ, नपाउने हराउन लाग्छ। यही कारणले हामी कमजोर हुन्छौं। यदि हामी एक हुन सक्यौं भने, कांग्रेसले एक्लै पनि बहुमत ल्याउन सक्छ। म अब राजनीतिबाट बिदा हुँदैछु, तर पार्टीलाई एक बनाउने चाहना बोकेको छु।”
















![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)


प्रतिकृया