एकैपटक सोलु हाइड्रोपावरको रिजल्ट हेर्ने धेरै भएपछि सीडीएससीको साइट नै ‘डाउन’

एकैपटक सोलु हाइड्रोपावरको रिजल्ट हेर्ने धेरै भएपछि सीडीएससीको साइट नै ‘डाउन’

सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न भएलगत्तै नतिजा हेर्ने लगानीकर्ताको ओइरो लाग्दा सम्बन्धित वेबसाइटहरूमा समस्या देखिएको छ। आईपीओको नतिजा सार्वजनिक भएसंगै सीडीएससीको आधिकारिक वेबसाइट डाउन भएको हो।

Stay Updated With 2 22 https://bajarkochirfar.com/cdsc-site-goes-down-after-too-many-people-try-to-view-solu-hydropower-results-at-once | %tags
यो पनि पढ्नुहोस

सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न, कसरी हेर्ने नतिजा ?

सोलु हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि खुला गरेको आईपीओ आज दिउँसो बाँडफाँड गरिएको हो।
Idea

कम्पनीको ८ लाख २० हजार जनाले १०–१० कित्ताका दरले सेयर पाएका छन्। लक्की बल २ नम्बर परेको छ ।

अंकित मूल्य १०० रुपैयाँमा कम्पनीले पुस २९ गतेदेखि माघ ४ गतेसम्म सर्वसाधारणलाई ८२ लाख कित्ता सेयर निष्काशन गरेको थियो। आईपीओको अन्तिम दिनसम्म कुल २५ लाख ७० हजार ४२२ जनाले ३ करोड १७ लाख ८ हजार ३९० कित्ताका लागि आवेदन दिएका थिए। आवेदन रकम कुल ३ अर्ब १७ करोड ८ लाख ३९ हजार रुपैयाँ पुगेर मागभन्दा ३.८६ गुणा बढी भरेको थियो।

बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड र हिमालयन क्यापिटलले बाँडफाँटको प्रक्रिया पूरा भएको जानकारी दिएका छन्।

कसरी हेर्ने आईपीओको नतिजा ?

1.नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड

2. हिमालयन क्यापिटल

2. सीडीएससी आइपीओ रिजल्ट पोर्टल

3. मेरो सेयर एकाउन्ट बाट

आवेदकहरूले आफ्नो  डीपी आइडी र अन्य विवरणहरू राखी नतिजा हेर्न सक्नेछन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स