सोलु हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि खुला गरेको आईपीओ आज दिउँसो बाँडफाँड गरिएको छ।
कम्पनीको ८ लाख २० हजार जनाले १०–१० कित्ताका दरले सेयर पाएका छन्। लक्की बल २ नम्बर परेको छ ।
अंकित मूल्य १०० रुपैयाँमा कम्पनीले पुस २९ गतेदेखि माघ ४ गतेसम्म सर्वसाधारणलाई ८२ लाख कित्ता सेयर निष्काशन गरेको थियो। आईपीओको अन्तिम दिनसम्म कुल २५ लाख ७० हजार ४२२ जनाले ३ करोड १७ लाख ८ हजार ३९० कित्ताका लागि आवेदन दिएका थिए। आवेदन रकम कुल ३ अर्ब १७ करोड ८ लाख ३९ हजार रुपैयाँ पुगेर मागभन्दा ३.८६ गुणा बढी भरेको थियो।
बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड र हिमालयन क्यापिटलले बाँडफाँटको प्रक्रिया पूरा भएको जानकारी दिएका छन्।
कसरी हेर्ने आईपीओको नतिजा ?
1.नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड
2. सीडीएससी आइपीओ रिजल्ट पोर्टल
आवेदकहरूले आफ्नो बोली लगाएको डीपी आइडी र अन्य विवरणहरू प्रविष्ट गरी नतिजा हेर्न सक्नेछन्।


प्रतिकृया