आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारको नाम फिर्ता लिने समय तोकिएको छ। आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ।
निर्धारित कार्यतालिकाअनुसार नाम फिर्ता लिने समय सकिएपछि आजै दिउँसो १ बजेदेखि ३ बजेसम्म देशभरका ७७ मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ।
निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार आज अपराह्न ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम पनि तय गरिएको छ।आयोगका अनुसार देशभरबाट प्राप्त विवरणअनुसार पुरुष ३ हजार ८८, महिला ३९५ र तेस्रो लिङ्गी १ जना गरी कुल ३ हजार ४८५ जनाको उम्मेदवारी कायम भएको छ।
यस क्रममा चार जिल्लाका पाँच उम्मेदवारमाथि उजुरी परेको थियो। उजुरीका आधारमा कैलाली निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार रेशम चौधरीको उम्मेदवारी खारेज गरिएको आयोगले जनाएको छ।त्यसैगरी, काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १० बाट उम्मेदवार बनेकी मितेरी पार्टीकी सुमित्रा बस्नेत कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको पुष्टि भएपछि उनको उम्मेदवारी पनि खारेज गरिएको छ।
















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)

प्रतिकृया