आज मन्त्रिपरिषद्को बैठक बस्दै, गभर्नर नियुक्ति हुने ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र २५ गते
आज मन्त्रिपरिषद्को बैठक बस्दै, गभर्नर नियुक्ति हुने ?

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज (सोमबार) दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। बैठकको जानकारी प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले दिएको हो।

प्रधानमन्त्री ओली थाइल्याण्डमा सम्पन्न बिमेस्टेक सम्मेलनबाट फर्किएपछि बस्न लागेको यो पहिलो मन्त्रिपरिषद्को बैठक हो।

आजको बैठकमा नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको सम्भावना रहेको स्रोतले जनाएको छ। हालका गभर्नर महाप्रसाद अधिकारीले आफ्नो पाँच वर्षे कार्यकाल पूरा गरी चैत २२ गते नै बिदा लिईसकेका छन्, भने औपचारिक रूपमा उनको कार्यकाल चैत २४ गते समाप्त भएको हो।

राष्ट्र बैंक ऐन, २०५८ अनुसार गभर्नरको पद रिक्त हुनुभन्दा एक महिना अगाडि नै नयाँ गभर्नरको नियुक्ति हुनुपर्ने प्रावधान भए पनि सरकारले अझै नयाँ गभर्नर नियुक्त गर्न सकेको छैन। यद्यपि, सरकारले गभर्नरको नाम सिफारिस गर्न समिति गठन गरिसकेको छ, तर समितिले मन्त्रिपरिषदमा नाम पेश गरिसकेको छैन।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स