नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सिप्ला सेक्युरिटिज (ब्रोकर नम्बर २०) को सेयर कारोबार तीन दिनका लागि निलम्बन गरेको छ। नेप्सेकाअनुसार, निर्धारित समयभित्र कारोबारको राफसाफ (सेटलमेन्ट) नगरेको कारण कम्पनीमाथि कारबाही गरिएको हो।
धितोपत्र बजारमा लागू ‘टी+२’ नियमअनुसार, कारोबार भएको मितिपछि दुई कार्य दिनभित्र सेटलमेन्ट गर्नुपर्ने व्यवस्था छ। तर, सिप्ला सेक्युरिटिजले यस नियमको पालना नगरेको पुष्टि सीडीएस एण्ड क्लियरिङ लिमिटेड बाट प्राप्त पत्रका आधारमा भएको हो।
नेप्सेले धितोपत्र कारोबार सञ्चालन विनियमावलीअनुसार कारबाही गर्दै कम्पनीलाई सोमबारदेखि लागू हुने गरी तीन दिनको निलम्बनको निर्णय गरेको हो। यस अवधिमा सिप्ला सेक्युरिटिजले कुनै पनि प्रकारको सेयर कारोबार गर्न पाउनेछैन।








![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-768x432.jpg)






![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया