ब्रोकर नं. २० का लगानीकर्ताले तीन दिनसम्म सेयर किनबेच गर्न नपाउने, नेप्सेले किन गर्यो कारबाही?



नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सिप्ला सेक्युरिटिज (ब्रोकर नम्बर २०) को सेयर कारोबार तीन दिनका लागि निलम्बन गरेको छ। नेप्सेकाअनुसार, निर्धारित समयभित्र कारोबारको राफसाफ (सेटलमेन्ट) नगरेको कारण कम्पनीमाथि कारबाही गरिएको हो।

धितोपत्र बजारमा लागू ‘टी+२’ नियमअनुसार, कारोबार भएको मितिपछि दुई कार्य दिनभित्र सेटलमेन्ट गर्नुपर्ने व्यवस्था छ। तर, सिप्ला सेक्युरिटिजले यस नियमको पालना नगरेको पुष्टि सीडीएस एण्ड क्लियरिङ लिमिटेड बाट प्राप्त पत्रका आधारमा भएको हो।


Advertisement

नेप्सेले धितोपत्र कारोबार सञ्चालन विनियमावलीअनुसार कारबाही गर्दै कम्पनीलाई सोमबारदेखि लागू हुने गरी तीन दिनको निलम्बनको निर्णय गरेको हो। यस अवधिमा सिप्ला सेक्युरिटिजले कुनै पनि प्रकारको सेयर कारोबार गर्न पाउनेछैन।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर