SHAREHUBSHAREHUB

४ कम्पनीको बोनस सेयर भयो धितोपत्र बोर्डमा दर्ता, अब छिट्टै नेप्सेमा सूचीकृत हुने

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख १० गते
AdvertisementAds
४ कम्पनीको बोनस सेयर भयो धितोपत्र बोर्डमा दर्ता, अब छिट्टै नेप्सेमा सूचीकृत हुने
AdvertisementAds
नेपाल धितोपत्र बोर्डमा चार कम्पनीका बोनस सेयरहरू दर्ता भएका छन्। वैशाख २ गतेदेखि ४ गतेसम्मको अवधिमा श्री इन्भेष्टमेन्ट फाइनान्सले १.८६५९ प्रतिशत बोनस सेयरको १ लाख ८३ हजार १६८ कित्ता, मिथिला लघुवित्तको १४.२५ प्रतिशत बोनस सेयरको २ लाख ७९ हजार ३०३.९३ कित्ता, ग्रीन भेन्चर्सको १० प्रतिशत बोनस सेयरको ३१ लाख २५ हजार कित्ता र हिमालयन लाइफ इन्स्योरेन्सले १४ प्रतिशतको १ करोड १२ लाख २८ हजार ५३७.०४ कित्ता बोनस सेयर दर्ता गराएका हुन्।

धितोपत्र बोर्डमा दर्ता भएसँगै अब यी सेयरहरू नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत हुने प्रक्रिया अगाडि बढ्नेछ। नेप्सेमा सूचीकरण भइसकेपछि यी सेयरहरू सम्बन्धित कम्पनीका सेयरधनीहरूको डिम्याट खातामा जम्मा गरिनेछन्। त्यसपछि लगानीकर्ताहरूले दोस्रो बजारमा ती सेयरहरू खरिद-बिक्री गर्न सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स