१४ कम्पनीको बोनस सेयर भयो धितोपत्र बोर्डमा दर्ता, अब छिट्टै नेप्सेमा सूचीकृत हुने
नेपाल धितोपत्र बोर्डमा विभिन्न १४ कम्पनीका बोनस सेयरहरू दर्ता भएका छन्। फागुन २८ गतेदेखि चैत्र ४ गतेसम्मको अवधिमा यी कम्पनीहरूले आर्थिक वर्ष २०८०/८१ को बोनस सेयर दर्ता गराएका हुन्। धितोपत्र बोर्डमा बोनस सेयर दर्ता भएसँगै अब यी सेयरहरू नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत हुने प्रक्रिया अघि बढ्नेछ।
नेप्सेमा सूचीकरणपछि के हुन्छ?
नेप्सेमा सूचीकरण भइसकेपछि यी सेयरहरू सम्बन्धित कम्पनीका सेयरधनीहरूको डिम्याट खातामा जम्मा गरिनेछन्। त्यसपछि लगानीकर्ताहरूले बजारमा ती सेयरहरू खरिद-बिक्री गर्न सक्नेछन्।
