नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्ति प्रक्रिया थप जटिल बन्दै गएको छ। सिफारिस समितिका सदस्य डा. विश्व पौडेलले आइतबार राजीनामा दिएका छन्। नेपाली कांग्रेसले उनलाई गभर्नरको उम्मेदवारका रूपमा अगाडि सारेपछि उनले समितिबाट बाहिरिने निर्णय गरेका हुन्।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको समितिमा डा. पौडेल सदस्यका रूपमा थिए। आइतबार उनले अर्थमन्त्री समक्ष औपचारिक रूपमा राजीनामा बुझाएका हुन्।
राजनीतिक सहमति र नामको उलटफेर
यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर बनाउने सहमति भएको थियो। भट्टले त्यसअनुसार राजीनामा दिएका थिए, तर कायम मुकायम गभर्नर डा. नीलम ढुंगानाले राजीनामा अस्वीकार गरेपछि नयाँ नामको खोजी सुरु भयो। त्यसपछि कांग्रेसले डा. पौडेललाई नयाँ उम्मेदवारका रूपमा अघि सारेको हो।
समितिमा अर्को विवाद
सिफारिस समितिका अर्का सदस्य तथा पूर्वगभर्नर महाप्रसाद अधिकारीविरुद्ध पनि सर्वोच्च अदालतमा रिट दायर भएको छ।
पहिलेनै अर्को राजीनामा
यसअघि समितिका अर्का सदस्य डा. विजयनाथ भट्टराईले समितिलाई राजनीतिक सहमतिमा आधारित ‘रबर स्ट्याम्प’ बनाउन खोजिएको भन्दै ९ वैशाखमा राजीनामा दिएका थिए।
















![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया