नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा (माओवादी) लाई कम्युनिस्ट आन्दोलन सुदृढ पार्ने उद्देश्यका साथ एकता प्रक्रियामा आउन आग्रह गरेका छन्।
बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित प्रवेश कार्यक्रममा प्रचण्डले आजको परिप्रेक्ष्यमा एकता अपरिहार्य भएको बताए। उनले विप्लव नेतृत्वको पार्टीलाई आत्मसमीक्षा गर्दै मूलधारमा फर्किन आह्वान गर्दै भने, “जेनजी आन्दोलनपछि विप्लव पक्ष वैचारिक अन्योल र विचलनतर्फ गएको छ। मुख्य नेतृत्व नै ठूलो चुनौतीमा परेको जस्तो देखिन्छ।”
प्रचण्डले समाजवादी मोर्चाको समयदेखि नै एकताका लागि गम्भीर संवाद र छलफल भइरहेको उल्लेख गर्दै, पछिल्लो प्रयास लगभग टुंगिएको भए पनि सफल नभएको बताए। उनले आफैंले पनि आत्मसमीक्षा गरेर एकताको बाटो रोजेको र विप्लव पक्षलाई अझै अवसर बाँकी रहेको बताए।
प्रचण्डले थपे, “वास्तविक घर यही हो। यताउता भौंतारिएर केही नहुने भएकाले, आत्मसमीक्षा गरेर एकता प्रक्रियामा आउनु भए हामी स्वागत गर्न तयार छौं।”

















प्रतिकृया