विनोद चौधरीले भने, “बैंकमा लगानी गर्नेहरू सेयर ४० रुपैयाँमै बेच्न तयार छन्”



Advertisement
Ads

नेपाली कांग्रेसका सांसद एवं उद्यमी विनोद चौधरीले बैंकमा लगानी गर्नेहरू आफ्नो १०० रुपैयाँको सेयर ४० मै बेच्न तयार रहेको बताएका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा बिहीबार (असार १९) उनले बैंकर र व्यवसायी छुट्टिनुपर्ने भए पनि हाल त्यो स्थिति नरहेको उल्लेख गरे ।


Advertisement

“बैंकमा लगानी गर्नेहरू अहिले निरुत्साहित छन् । १०० रुपैयाँको सेयर ४० रुपैयाँमै बेच्न खोज्दै छन् । मलाई एउटा साथीले लगानीकर्ता खोज्न लगाउँदै थिए,” उनले भने ।

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक पुनर्लेखन गरिनुपर्नेमा उनले जोड दिए।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर