विकास हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आज (जेठ ६ गते) बाट प्राथमिक सेयर (आईपीओ) निष्काशन खुला गरेको छ।
कम्पनीले कुल १२ लाख ६३ हजार ६५१ कित्ता सेयर निष्काशन गर्दैछ। यसमध्ये ९ लाख ९ हजार १०१ कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ।
स्थानीयका लागि छुट्याइएको सेयरमध्ये ३ लाख ६३ हजार ६४० कित्ता गोरखा जिल्लाको धार्चे गाउँपालिकाको वडा नं. ४ र ५ का अति प्रभावित बासिन्दाका लागि र बाँकी ५ लाख ४५ हजार ४६१ कित्ता धार्चे गाउँपालिकाका अन्य वडाका बासिन्दाका लागि हो।
स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम म्याद छिटोमा जेठ २० गते र ढिलोमा असार ४ गतेसम्म हुनेछ।
आवेदन विकास हाइड्रोपावरको आयोजना कार्यालय, प्रभु क्यापिटल कमलादी, हिमालयन बैंकको धार्चे शाखा तथा प्रभु बैंकको आरुपात शाखाबाट दिन सकिनेछ। साथै, प्रभु क्यापिटलको अनलाइन पोर्टलमार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ३ लाख ५४ हजार ५५० कित्ता सेयर निष्काशन गरिएको छ। उनीहरूले पनि प्रति कित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। वैदेशिक आवेदकले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था वा मेरो सेयर प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। यस आईपीओका लागि इक्रा नेपालले विकास हाइड्रोपावरलाई ‘ICRA NP Issuer Rating BBB–’ अर्थात् ‘त्रीपल बी माइनस’ रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ।







![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-768x432.jpg)






![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)





प्रतिकृया