विकास हाइड्रोपावरको आइपीओ बाँडफाँट सम्पन्न, यसरी हेर्न सकिन्छ नतिजा
विकास हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओ बाँडफाँट सम्पन्न भएको छ। कम्पनीले जेठ ६ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि निष्काशन गरेको आइपीओको बाँडफाँट भएको हो।
कम्पनीले स्थानीय तहका लागि कुल जारी पुँजी रु. ९१ करोड ९१ लाख १ हजार ३०० मध्ये रु. ९ करोड ९ लाख १० हजार १०० बराबरको ९ लाख ९ हजार १०१ कित्ता सेयर प्रतिकित्ता रु. १०० दरले निष्काशन गरेको थियो।
यसमा आयोजनाबाट प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि छुट्टै सेयर उपलब्ध गराइएको छ। विशेष गरी गोरखा जिल्लाको धार्चे गाउँपालिकाको वडा नं. ४ र ५ मा स्थायी बसोबास गर्ने अति प्रभावित क्षेत्रका बासिन्दाहरूलाई ३ लाख ६३ हजार ६४० कित्ता सेयर बाँडफाँट गरिएको छ। त्यस्तै, वडा नं. १, २, ३, ६ र ७ का प्रभावित क्षेत्रका बासिन्दाहरूलाई ५ लाख ४५ हजार ४६१ कित्ता सेयर बाँडफाँट गरिएको छ।
कम्पनीको बिक्री प्रबन्धकको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेडले सम्हालेको छ।
आइपीओ नतिजा निम्न वेबसाइटहरूबाट हेर्न सकिन्छ: