सेयर धितो कर्जा लिनेहरूमध्ये ठूला लगानीकर्ताको हिस्सा उल्लेख्य रूपमा बढेको देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको चैत मसान्तसम्मको तथ्यांकअनुसार, कुल सेयर धितो कर्जामध्ये झन्डै ६८ प्रतिशत कर्जा १ करोड रुपैयाँभन्दा बढी लिने लगानीकर्ताले लिएका छन्। यस्तै अघिल्लो वर्षको चैत्र मसान्त सम्मको तुलनामा १ करोड रुपैयाँ माथिको सेयर धितो कर्जा ५१.४ प्रतिशतले बढेको छ।
चैत्र मसान्त सम्म १ खर्ब २४ अर्ब रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको छ, जुन अघिल्लो वर्षको सोहि अवधिको तुलनामा ३७.८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष सोही अवधिमा ८६ अर्ब १८ करोड रुपैयाँ मात्र प्रवाह भएको थियो। यस अवधिमा सेयर धितो कर्जा ३४ अर्ब २ करोड रुपैयाँले बढेको हो।
कुल १ खर्ब २४ अर्बमध्ये ८४ अर्ब ६९ करोड रुपैयाँ १ करोडभन्दा माथिको कर्जामा प्रवाह भएको छ। त्यसैगरी, ५० लाख देखि १ करोड सम्मको सेयर धितो कर्जा १४ अर्ब ८३ करोड, २५ लाख देखि ५० लाखसम्म १६ अर्ब ६४ करोड, र २५ लाखभन्दा कमको कर्जा केवल ७ अर्ब ९४ करोड रुपैयाँ प्रवाह भएको छ।
५० लाख देखि १ करोड सम्मको सेयर धितो कर्जा २ अर्ब ४१ लाख, २५ लाख देखि ५० लाखसम्म २ अर्ब २१ लाख, र २५ लाखभन्दा कमको कर्जा केवल ६२ करोड ९६ लाख रुपैयाँले बढेको छ।
वृद्धिको हिसाबले ५० लाख देखि १ करोड सम्मको सेयर धितो कर्जा १९.४ प्रतिशत, २५ लाख देखि ५० लाख सम्म १५.४ प्रतिशत, र २५ लाखभन्दा कमको कर्जा केवल ८.६ प्रतिशतले बढेको छ।










![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-768x432.jpg)





![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)



प्रतिकृया