instainsta

बालुवाटार बोलाईए भट्टराई र डा. पौडेल, आजै गभर्नर नियुक्ति हुनसक्ने

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र १८ गते
बालुवाटार बोलाईए भट्टराई र डा. पौडेल, आजै गभर्नर नियुक्ति हुनसक्ने
AdvertisementAds

गभर्नर सिफारिस समितिका सदस्यहरु पूर्व गभर्नर विजय नाथ भट्टराई र अर्थशास्त्री डा. विश्व पौडेल बालुवाटार डाकिएका छन्। गभर्नरको नियुक्ति आजै हुनुपर्ने कांग्रेस सभापति शेर बहादुर देउवाको अडान पश्चात उनीहरुलाई बालुवाटार डाकिएको हो। अहिले प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रीपरिषदको बैठक बसिरहेको छ।

स्रोतका अनुसार आजै सिफारिस समितिले ३ जानको नाम सिफारिस गर्नेछ र मन्त्रिपरिषद बैठकले गभर्नर नियुक्त गर्नेछ। प्रधानमन्त्री केपी शर्मा ओली भोलि चैत १९ देखि २३ सम्मका लागि बिमस्टेक शिखर सम्मेलनमा भाग लिन थाइल्याण्ड जाने कार्यक्रम रहेकाले हतार हतार आजै गभर्नर नियुक्त गर्न लागिएको हो।

सिफारिस समितिलाई २ नाम दिईएको छ। पूर्व मूख्य सचिव राजेन्द्र किशोर क्षेत्री र राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक तथा हाल संचालक समिति सदस्य डा. रबिन्द्र पाण्डे। यी दुई मध्ये एकलाई गभर्नर बनाउन ६५ वर्षे उमेर हदम्यादको प्रावधान नै संशोधन गरिएको स्रोतको दावी छ। सिफारिस समितिका सदस्य पूर्व गभर्नर विजय नाथ भट्टराईले राजेन्द्र किशोर क्षेत्रीको नाममा सहमति जनाउने सम्भावना कम देखिएका कारण डा. रबिन्द्र पाण्डेको सम्भावना बढी रहेको बताईएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स