instainsta

आइपीओ प्रक्रियामा रहेको बरुण इन्भेष्टमेन्टको आम्दानीमा ४० प्रतिशतको गिरावट

आइपीओ प्रक्रियामा रहेको बरुण इन्भेष्टमेन्टको आम्दानीमा ४० प्रतिशतको गिरावट
AdvertisementAds

आइपीओ प्रक्रिया अघि बढाएको बरुण इन्भेष्टमेन्ट लिमिटेडको आम्दानीमा गिरावट आएको छ। कम्पनीले सन् २०२४ मा ६० लाख रुपैयाँमा सिमित भएको छ , जुन अघिल्लो वर्षको तुलनामा ४० प्रतिशतले थोरै हो। सन् २०२३ मा कम्पनीको आम्दानी १ करोड रुपैयाँ थियो। कम्पनीलाई क्रेडिट रेटिङ एजेन्सी इन्फोमेरिक्सले ‘आइआरएन बी प्लस’ रेटिङ प्रदान गरेको छ।

सन् २०१५ मा निजी कम्पनीका रूपमा स्थापना भएको बरुण इन्भेष्टमेन्टले सानिगड हाइड्रो लिमिटेड (३८.४६ मेगावाट), कालंगा हाइड्रो लिमिटेड (१५.३३ मेगावाट), बुङ्गल हाइड्रो लिमिटेड (१०.४० मेगावाट) र गुराँस हाइड्रो लिमिटेड (४१.०६ मेगावाट) जस्ता परियोजनामा लगानी गरेको छ।

कम्पनीमा शिवप्रसाद घिमिरेको ४०.३५ प्रतिशत हिस्सा छ भने सुगम घिमिरे, श्वेता दाहाल र उमेश ढकालले क्रमशः १५.६९ प्रतिशत, ९.३५ प्रतिशत र ६.१७ प्रतिशत सेयर स्वामित्व रहेको छ।

हाल कम्पनीले २४ करोड ७५ लाख रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरमा २४ लाख ७५ हजार कित्ता आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डको अनुमति कुरिरहेको छ। कम्पनीले साधारण सेयरको सार्वजनिक निष्कासन गर्नको लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स