बन्दीपुर केवलकारको सेयर सीडीएससीमा दर्ता, कहिलेबाट कारोबारमा आउने ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक १३ गते
बन्दीपुर केवलकारको सेयर सीडीएससीमा दर्ता, कहिलेबाट कारोबारमा आउने ?
AdvertisementAds

बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले निष्काशन गरेको आईपीओ सीडीएससीमा दर्ता भइसकेको छ।  सिडीएससी, बन्दीपुर केवलकार तथा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड(रजिष्ट्रार) बीच धितोपत्र अभौतिकीकरण सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो।

दर्ता प्रक्रिया सम्पन्न भएसँगै अब उक्त आइपीओ लगानीकर्ताका डिम्याट खातामा आउने भएको छ।त्यसपछि, कम्पनीको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत हुनेछन्। नेप्सेमा सूचीकृत भएको भोलिपल्टदेखि उक्त सेयर दोस्रो बजारमा किनबेच गर्न सकिनेछ।

त्यस्तै, बन्दीपुर केवलकारको पहिलो कारोबारको लागि न्यूनतम मूल्य ९५ रुपैयाँ २५ पैसादेखि अधिकतम मूल्य  २८५ रुपैयाँ ७५ पैसासम्मको ओपनिङ रेञ्ज नेप्सेले तोक्ने सम्भावना रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स