झापा–५ मा बालेनको घरदैलो कार्यक्रम: यस्तो छ आजको कार्यतालिका

झापा–५ मा बालेनको घरदैलो कार्यक्रम: यस्तो छ आजको कार्यतालिका

झापा क्षेत्र नं ५, दमक नगरपालिका वडा नं. ७, १, २ र ३ समेट्ने गरी रास्वपा उम्मेदवार बालेन्द्र शाह ‘ ‘बालेन’ को नागरिक भेटघाट कार्यक्रम आज माघ २५ गते आयोजना हुने भएको छ। कार्यक्रम दिउँसो २:३० बजे पशुहाट (लेखनाथ चोक, वडा ७) बाट सुरु हुने छ।

बालेन सचिवालयका अनुसार, भेटघाट क्रमशः सिर्पाली चोक (नमुना बस्ती), बरगाछी, दुर्गा मन्दिर, हिमाबी अगाडि (पाङ्गिनी चोक – सम्पर्क कार्यालय), शिवालय मन्दिर दर्शन, आम चोक, बेलडाँगी २ चोक, लालीगुराँस चोक, गोलाटार चोक, ढुकुरपानी चोक, धिमाल बस्ती (महाराजस्थान) हुँदै डिपु चोक मा समापन हुनेछ।

शाहको यो कार्यक्रम स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गरी क्षेत्रका समस्याहरू बुझ्ने र आफ्नो निर्वाचन अभियानलाई प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स