बजारको चिरफार’को समाचार तोडमोड गरिएकोप्रति ध्यानाकर्षण

बजारको चिरफार’को समाचार तोडमोड गरिएकोप्रति ध्यानाकर्षण

‘बजारको चिरफार’ मा प्रकाशित ‘प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक’ शीर्षकको समाचारलाई अनधिकृत रूपमा सम्पादन गरी भ्रामक शीर्षकसहित प्रचार गरिएकोप्रति हाम्रो ध्यानाकर्षण भएको छ।

मूल समाचारमा ‘सेयर बजार विकासको लागि तत्काल काम सुरु गर्न निर्देशन दिने’ भन्ने शीर्षक वा आशय समावेश छैन। समाचारको शीर्षक तथा प्रस्तुति तोडमोड गरी फरक अर्थ र सन्देश प्रवाह गर्नु गलत, गैरजिम्मेवार तथा आपत्तिजनक कार्य हो।

समाचारको विश्वसनीयता र पाठकको सूचनामाथिको विश्वासमा असर पर्ने यस्ता गतिविधि नगर्न सम्बन्धित सबैमा आग्रह गर्दछौं। पाठक तथा सरोकारवालाहरूलाई ‘बजारको चिरफार’का आधिकारिक माध्यममा प्रकाशित सामग्रीलाई मात्र आधार मान्न अनुरोध गर्दछौं।

711328695 752207504603996 6065340741340068652 n https://bajarkochirfar.com/attention-drawn-to-the-distortion-of-the-news-of-market-disruption | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स