आशिका तामाङलाई २० हजार धरौटीमा रिहा गर्ने



Advertisement
Ads

अभियन्ता आशिका तामाङलाई २० हजार धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । शुक्रबार आपराधिक उपद्रो मुद्दामा पक्राउ परेकी तामाङलाई जिल्ला अदालत भक्तपुरले २० हजार धरौटीमा रिहा गर्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।


Advertisement

साँगास्थित झोलुंगे पुलमा प्रवेश गर्नेहरूसँग सूर्यविनायक नगरपालिकाले २० रुपैयाँ कर संकलन गर्दै आएको थियो । आशिकाले कर लिने निर्णयको विरोध गर्दै कर्मचारीहरूबाट रसिद खोसेर जलाएकी थिइन् । सोहि कसुरमा अनुसन्धान गर्न उनलाई हिरासतमा राखिएको थियो।


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर