आशिका तामाङलाई २० हजार धरौटीमा रिहा गर्ने

आशिका तामाङलाई २० हजार धरौटीमा रिहा गर्ने

अभियन्ता आशिका तामाङलाई २० हजार धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । शुक्रबार आपराधिक उपद्रो मुद्दामा पक्राउ परेकी तामाङलाई जिल्ला अदालत भक्तपुरले २० हजार धरौटीमा रिहा गर्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।

साँगास्थित झोलुंगे पुलमा प्रवेश गर्नेहरूसँग सूर्यविनायक नगरपालिकाले २० रुपैयाँ कर संकलन गर्दै आएको थियो । आशिकाले कर लिने निर्णयको विरोध गर्दै कर्मचारीहरूबाट रसिद खोसेर जलाएकी थिइन् । सोहि कसुरमा अनुसन्धान गर्न उनलाई हिरासतमा राखिएको थियो।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स