instainsta

विद्युत उत्पादन सुरु भएपछि अरुण काबेलीको नाफामा सुधार, छ महिनाको नाफा करिब ६ करोड

विद्युत उत्पादन सुरु भएपछि अरुण काबेलीको नाफामा सुधार, छ महिनाको नाफा करिब ६ करोड
AdvertisementAds

अरुण काबेली पावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ। यस अबधिमा कम्पनीले ५ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्ष यस अवधिमा कम्पनी ३१ करोड ५ लाख रुपैयाँ घाटामा थियो।

विद्युत बिक्रीबाट ३३ करोड ७७ लाख रुपैयाँ आम्दानी गर्दा कम्पनी नाफा बढ्न पुगेको हो। गत वर्षको बाढीको कारण यस अवधिमा कम्पनीको विद्युत उत्पादन बन्द थियो, जसका कारण विद्युत बिक्रीबाट कुनै आम्दानी भएको थिएन।

वित्तीय खर्च १६ करोड ८ लाखबाट घटेर १० करोड ९० लाख रुपैयाँमा सिमित भएको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी गत वर्षको ऋणात्मक १५ रुपैयाँ ९४ पैसा बाट ३ रुपैयाँ ३ पैसा पुगेको छ, र प्रतिसेयर नेटवर्थ ९६.९० रुपैयाँ कायम भएको छ।

हाल हाइड्रोपावरको चुक्ता पुँजी ३ अर्ब ८९ करोड ५९ लाख रुपैयाँ रहेको छ, भने जगेडा कोष १२ करोड ८ लाख रुपैयाँ ऋणात्मक छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स