अरुण काबेली पावरले हकप्रद सेयर निष्काशन गर्ने, आयोगबाट पायो पूर्वस्वीकृति

अरुण काबेली पावरले हकप्रद सेयर निष्काशन गर्ने, आयोगबाट पायो पूर्वस्वीकृति

अरुण काबेली पावर कम्पनीले विद्युत नियमन आयोगबाट हकप्रद सेयर निष्काशन गर्न पूर्वस्वीकृति प्राप्त गरेको छ।

आयोगले कम्पनीलाई हालको चुक्तापुँजी ३ अर्ब ८९ करोड ५९ लाख ४२ हजार १०० रुपैयाँको ५० प्रतिशत, अर्थात् १ः०.५ अनुपातमा हकप्रद सेयर जारी गर्न अनुमति दिएको हो। यसअनुसार कम्पनीले १ अर्ब ९४ करोड ७९ लाख ७१ हजार ५० रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन प्रक्रिया अगाडि बढाउनेछ।

हकप्रदबाट उठ्ने रकमको प्रयोगबारे आयोगले केही सर्तसमेत तोकेको छ। जसअनुसार १ अर्ब रुपैयाँ काबेली बी–१ जलविद्युत आयोजना निर्माणका लागि लिएको ऋण भुक्तानीमा प्रयोग गर्नुपर्नेछ। बाँकी ९४ करोड ७९ लाख रुपैयाँ ३७.६ मेगावाट क्षमताको काबेली ‘ए’ जलविद्युत आयोजनाको प्रवर्द्धक कम्पनी काबेली इनर्जीमा लगानी गर्नुपर्नेछ। उक्त लगानी गरेको १५ दिनभित्र आवश्यक कागजातसहित आयोगलाई जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ।

यसका साथै, प्रचलित कानुनअनुसार अन्य निकायबाट अनुमति वा सहमति लिनुपर्ने भएमा सोसमेत प्राप्त गरी आयोगलाई जानकारी गराउनुपर्ने आयोगले जनाएको छ।

arun kabeli right share approved notice 1777269014685 https://bajarkochirfar.com/arun-kabeli-power-to-issue-rights-shares-receives-prior-approval-from-the-commission | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स