ठगी मुद्दामा ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिवविरुद्द पक्राउ पुर्जी जारी

ठगी मुद्दामा ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिवविरुद्द पक्राउ पुर्जी जारी

सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव अनिल कुमार पोखरेललाई पक्राउ गर्न मोरङ जिल्ला अदालतले अनुमति दिएको छ।

पोखरेलमाथि ठगी गरी अपराधिक लाभ लिएको आरोप छ। उनले एमबीबीएसको नाम निकाल्ने बहानामा ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको उजुरी परेको थियो।

अदालतको अनुमति पछि पोखरेललाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया अघि बढाउने अनुमति प्राप्त भएको छ। केही दिनअघि मात्र सभापति पोखरेलले आफ्नो स्वकीय सचिव अनिललाई बर्खास्त गरेका थिए।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स