रवि लामिछानेसहित १४ जना विरुद्ध पर्सामा पक्राउ पुर्जी जारी

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर २० गते
रवि लामिछानेसहित १४ जना विरुद्ध पर्सामा पक्राउ पुर्जी जारी

रवि लामिछानेविरुद्ध पर्सा जिल्ला अदालतले बुधबार पक्राउ पुर्जी जारी गरेको छ।लामिछानेसहित १४ जनालाई पक्राउ गर्न अदालतले अनुमति दिएको हो।

पर्साको सानो पाइला सहकारीको रकम अपचलन प्रकरणमा लामिछानेको संलग्नता देखिएको प्रतिवेदनका आधारमा अनुसन्धान गर्न उनलाई पक्राउ पुर्जी जारी गरिएको हो।

यसैबीच, लामिछाने अहिले प्रहरी नियन्त्रणमा रहेका छन्। उनी चितवनमा रहँदै सहकारी ठगीसम्बन्धी विभिन्न प्रकरणका बयान दिइरहेका छन्।

यसअघि उनले पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीसम्बन्धी बयान पनि दिइसकेका छन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स