एनसेलले हालै लागू गरेको रिचार्ज भ्यालिडिटी नीतिले लाखौं नेपाली प्रयोगकर्तालाई हैरानीमा पारेको छ। यो नीतिलाई हेर्दा लाग्छ, एनसेलले नेपालका सबै नागरिकलाई धनी र बारम्बार रिचार्ज गर्न सक्ने हैसियतका ठानेको छ। देश आर्थिक मन्दीको सामना गरिरहेको विषम परिस्थितिमा अहिले ग्राहकलाई सुविधाजनक सहज सेवा दिनुको सट्टा, एनसेलले आफ्नो नाफा बढाउन जनतालाइ सास्ती दिने नीति लागू गरेको छ ।
सालभरि एनसेलको सिम चलाउन कति खर्च?
एनसेलको नयाँ नियम अनुसार, यदि तपाईंले आफ्नो सिम लगातार चलाउन चाहनुहुन्छ भने तपाईंले हप्तैपिच्छे ५० रुपैयाँको रिचार्ज गर्नुपर्छ। यसरी तपाईंले एक महिनामा २०० रुपैयाँ र सालभरि २,४०० रुपैयाँ रिचार्ज गर्नुपर्ने हुन्छ।
यदि तपाईंले १०० रुपैयाँको रिचार्ज गर्नुभयो भने, त्यसको भ्यालिडिटी १४ दिन मात्र हुन्छ। यसरी महिनामा दुईपटक रिचार्ज गर्दा २०० रुपैयाँ लाग्छ। सालभरि तपाईंलाई कम्तिमा २,४०० रुपैयाँ रिचार्जमै खर्च गर्नुपर्ने हुन्छ।
यदि कसैले १,००० रुपैयाँको रिचार्ज गरे त्येसको भ्यालिडिटी अधिकतम ९० दिन मात्र हुन्छ। त्यसपछि फेरि रिचार्ज गर्नुपर्ने हुन्छ। यसो गर्दा, सालभरि कम्तिमा ४ पटक १,००० रुपैयाँको रिचार्ज गर्नुपर्ने हुन्छ, जसमा ४,००० रुपैयाँ खर्च हुन्छ।
यदि भ्यालिडिटी सकिएपछि १ महिनाभित्र रिचार्ज गरिएन भने एनसेलले बाह्य कल गर्न रोक लगाउनेछ । अझ २ महिनासम्म रिचार्ज नगरे सिममा दुवै आगमन र बाह्य सेवा पूर्ण रूपमा बन्द गरिने कम्पनीले जनाएको छ।
एन्सेलको यो नीति खासगरी नेपालका ग्रामीण जनताको लागि असम्भव सपना जस्तो बनिदिएको छ। सिम प्रयोग गर्नुनै विलासिता देखिन्छ। “हामी जस्तो मान्छेले २,४०० रुपैयाँ एक वर्षमा फोनमै खर्च गर्नुपर्छ भने, खान के गर्ने?” काभ्रेकी एक गृहिणीले गुनासो गरिन्।
उनले थपिन, “एनसेलले के सबै नेपालीले महिनामा लाखौ रुपैयाँ कमाउँछन् भन्ने ठानेको हो? हामी नेपालीहरूको आय स्तरलाई ध्यान दिएर सेवा दिनुको सट्टा, एनसेलले नाफा मात्र हेर्छ। ग्राहकलाई यसरी बारम्बार रिचार्ज गर्न बाध्य पार्नु ठगी नै हो,”









![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)





![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)





प्रतिकृया