आरबिबि मर्चेन्ट बैंकिङले आरबिबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सामूहिक लगानी कोष ‘आरबिबि फोकस ४०’ को इकाई सार्वजनिक निष्काशनमा ल्याएको छ। भदौ १८ गतेदेखि सुरु भएको निष्काशनमा प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरका १० करोड इकाई बिक्रीमा ल्याइएका छन्।
जसमध्ये न्यूनतम १४ प्रतिशत (१ करोड ४० लाख इकाई) कोष प्रबर्द्धक राष्ट्रिय वाणिज्य बैंकका लागि र न्यूनतम १ प्रतिशत (१० लाख इकाई) योजना व्यवस्थापक आरबिबि मर्चेन्ट बैंकिङका लागि सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी ८ करोड ५० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्। आवेदन न्यूनतम १०० देखि अधिकतम एक करोड इकाईसम्म दिन मिल्नेछ। निष्काशन भदौ २२ गतेसम्म बन्द हुनेछ भने पूर्ण रूपमा बिक्री नभए असोज १ गतेसम्म लम्बिन सक्छ।
१२ वर्ष अवधिको योजनामा लगानीकर्ताले सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाका शाखा वा मेरो शेयरमार्फत अनलाइन आवेदन दिन सक्ने व्यवस्था छ। केयर रेटिङ नेपालले प्रबर्द्धकलाई “CARE NP A+ Issuer” र इक्रा नेपालले योजना व्यवस्थापकलाई “ICRA NP AMC Quality 3” रेटिङ प्रदान गरेको छ।



















प्रतिकृया