प्रभु क्यापिटल लिमिटेडले आज (जेठ २३ गते) देखि सामूहिक लगानी कोष “प्रभु सिस्टमेटिक इन्भेष्टमेण्ट स्किम” को इकाई सार्वजनिक निष्काशन तथा बिक्री खुला गरेको छ। यो प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने खुलामुखी प्रकृतिको योजना हो।
क्यापिटलले प्रति इकाई १० रुपैयाँ अंकित दरमा २५ करोड रुपैयाँ बराबरको २ करोड ५० लाख इकाई बिक्रीमा ल्याएको हो। स्किमको कुल आकार ४ करोड इकाई रहेको छ जसमा ३० लाख इकाई प्रभु बैंक र ३० लाख इकाई प्रभु क्यापिटलका लागि सुरक्षित गरिएको छ।
सर्वसाधारणले बाँकी २ करोड ५० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्। आवेदनको अन्तिम म्याद जेठ २७ गतेसम्म तोकिएको छ तर सो अवधिमा सबै इकाई बिक्री नभएमा आवेदन अवधि असार ६ गतेसम्म लम्बिनेछ।
स्किमको निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल नै रहेको छ। आवेदन धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखा तथा ‘मेरो शेयर’ मार्फत सि–आस्बा प्रणाली प्रयोग गरी दिन सकिनेछ।
यस म्युचुअल फण्डलाई इक्रा नेपालले कोष प्रबर्धकका लागि “इक्रा एनपी इस्यूअर रेटिङ्ग BBB–” र योजना व्यवस्थापक प्रभु क्यापिटललाई केयर रेटिङ्ग नेपालले “CARE NP AMC Quality 3+” रेटिङ्ग प्रदान गरेको छ।














प्रतिकृया