रिलायबल क्यापिटल इन्भेष्टमेन्ट एण्ड मर्चेन्टले बैशाख ३ गतेदेखि निष्काशन तथा बिक्रीमा ल्याएको सामूहिक लगानी कोष ‘रिलायबल समृद्धि योजना’को इकाई खरिदका लागि आवेदन दिने आज (बैशाख ९ गते) अन्तिम दिन हो। रिलायबल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यो योजना १० वर्षे बन्दमुखी प्रकृतिको हो। क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा कुल एक अर्ब रुपैयाँ बराबरका १० करोड इकाई बिक्रीमा ल्याएको हो।
कुल निष्काशन गरिएको १० करोड इकाईमध्ये १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई सुरक्षित गरिएको छ। जसमध्ये १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई कोष प्रवर्द्धक कम्पनी रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडका लागि र १ प्रतिशत अर्थात् १० लाख इकाई योजना व्यवस्थापकका लागि छुट्याइएको छ। बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि खुला गरिएको छ। लगानीकर्ताहरूले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्मका लागि आवेदन दिन सक्नेछन्।
यस योजनाको निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरूले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखाबाट आवेदन दिन सक्नेछन्।
साथै, सिडिएस एण्ड क्लियरिङ लिमिटेडद्वारा विकास गरिएको ‘मेरो शेयर’ सफ्टवेयरमार्फत सि–आस्बा प्रणाली प्रयोग गरी अनलाइनबाट पनि आवेदन दिन सकिन्छ।
कोषको रेटिङ्ग सम्बन्धमा, क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्ग नेपालले कोष प्रवर्द्धकलाई ‘CARE NP BBB+ (Issuer Rating)’ र योजना व्यवस्थापकलाई ‘CARE NP AMC Quality 4+’ रेटिङ्ग प्रदान गरेको छ।


















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया