नेपाल विद्युत प्राधिकरणले स्यूचाटारदेखि मातातीर्थ सबस्टेशनसम्मको १३२ के.भी. प्रसारण लाइनको पुराना तार फेर्ने कार्य सुरु गर्न लागेको छ। सोही कारण कुलेश्वर वितरण केन्द्र अन्तर्गतका थानकोट र सतुगल फिडरका विभिन्न स्थानहरूमा आगामी जेठ २९, ३० र ३१ गते विद्युत सेवा अवरुद्ध हुनेछ।
उक्त कार्यका लागि तीनै दिन बिहान ९:३० बजेदेखि दिउँसो १:०० बजेसम्म विद्युत कटौती गरिने प्राधिकरणले जनाएको छ। चन्द्रागिरी वडा १४, सशस्त्र प्रहरी कार्यालय, सिजी, थानकोट, र सतुगलका धौलागिरी गेट तथा शिव मन्दिर आसपासका क्षेत्रहरू यसबाट प्रभावित हुनेछन्।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
