नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आफ्नो व्यवसायलाई थप व्यवस्थित बनाउन आधुनिक रिइन्सुरेन्स व्यवस्थापन प्रणाली (RMS) खरिदका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। यस अन्तर्गत प्रणालीको आपूर्ति, जडान, अनुकूलन र परीक्षण कार्यहरू समावेश रहेका छन्।
इच्छुक योग्य बोलपत्रदाताले ५ हजार रुपैयाँ दस्तुर तिरी आगामी असार १८ गते (जुलाई २) मध्यान्ह १२ बजेभित्र विद्युतीय माध्यमबाट आवेदन दिन सक्नेछन्। यसका लागि असार ८ गते प्री-बिड मिटिङ तय गरिएको छ भने ६,३०० अमेरिकी डलर वा सो सरहको बिड सेक्युरिटी आवश्यक पर्नेछ ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide

