हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८३/८४ को लागि आवश्यक पर्ने विभिन्न सामान तथा सेवाहरू आपूर्ति गर्न इच्छुक दर्ता भएका फर्म तथा कम्पनीहरूलाई सूची दर्ताका लागि आह्वान गरेको छ। यस अन्तर्गत छपाई, स्टेशनरी, कम्प्युटर तथा इलेक्ट्रिक सामान, फर्निचर, विज्ञापन, र कुरियर सेवा जस्ता विभिन्न विधाका लागि आवेदन दिन सकिनेछ।
इच्छुक कम्पनीहरूले यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र संस्थाको वेबसाइटमा रहेको फारम भरी आवश्यक कागजातहरू सहित संस्थाको केन्द्रीय कार्यालय चावहिलमा वा इमेल मार्फत आवेदन पेश गर्नुपर्नेछ। सूचीकृत गर्दा कम्पनीको विवरण, क्षमता र अनुभवलाई आधार मानिने संस्थाले जनाएको छ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide

