हिमालयन बैंकको १० प्रतिशत संस्थापक सेयर सर्वसाधारणमा परिणत हुने

Mar 30, 2026

हिमालयन बैंक लिमिटेडको ४९३ औँ सञ्चालक समितिको बैठकले बैंकको १० प्रतिशत संस्थापक सेयरलाई सर्वसाधारण सेयरमा परिणत गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। चैत्र १५ गते बसेको उक्त बैठकले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार हालको पुँजी संरचनामा यो परिवर्तन गर्ने निर्णय गरेको हो।

बैंकले नियामक निकायहरूको आवश्यक स्वीकृति प्राप्त भएपछि उक्त सेयरहरू सर्वसाधारणमा परिणत हुने जानकारी गराएको छ। यस सम्बन्धमा नेपाल स्टक एक्सचेञ्ज र अन्य सम्बन्धित निकायहरूलाई समेत बोधार्थ पठाइएको छ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide

Company Info

Logo

Himalayan Bank Ltd.

HBL|Banking
Last Traded Price
Rs. 206.00
3.20
(1.58%)
HighRs. 216.40
LowRs. 192.70
OpenRs. 192.70
Volume144,264
Updated on: Jul 24, 2026 14:59
होमपेजबिज शर्ट्स