स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८३/८४ का लागि आवश्यक पर्ने विभिन्न सामान तथा सेवाहरू आपूर्ति एवं मर्मत सम्भार गर्न इच्छुक आपूर्तिकर्ता, फर्म वा कम्पनीहरूलाई सूची दर्ता (Vendor Listing) गराउन आह्वान गरेको छ। वित्तीय संस्थालाई वर्षभरि पटक-पटक आवश्यक पर्ने स्टेसनरी, छपाई, फर्निचर, इलेक्ट्रोनिक्स उपकरण, सवारी साधन खरिद तथा मर्मत, विज्ञापन, विद्युत सम्बन्धी सामान, पिउने पानी, कुरियर तथा सुरक्षा गार्ड सेवा, र नेटवर्किङ जस्ता विभिन्न ११ वटा समूहका सामान तथा सेवाहरूका लागि सूची दर्ता गर्नुपर्ने सूचनामा उल्लेख छ।
इच्छुक र सम्बन्धित विषयको कारोबार गर्न स्वीकृत प्राप्त गरेका व्यक्ति, फर्म वा कम्पनीहरूले आफूले आपूर्ति गर्ने सामान वा मर्मत सम्भार सम्बन्धी विवरणसहित आवश्यक कागजातहरू पेश गर्नुपर्नेछ। कागजातहरूमा फर्म वा कम्पनी दर्ता प्रमाण पत्र, मूल्य अभिवृद्धि कर (VAT) दर्ता प्रमाण पत्र (नवीकरण सहित) र आर्थिक वर्ष २०८२/८३ को कर चुक्ता प्रमाण पत्रको प्रतिलिपिहरू संलग्न हुनुपर्ने संस्थाले जनाएको छ। यो सूचना प्रथम पटक प्रकाशित भएको मिति २०८३/०४/०५ ले १५ दिन भित्र वित्तीय संस्थाको केन्द्रीय कार्यालय, सेवा तथा सम्पत्ति व्यवस्थापन विभाग, कमलपोखरी, काठमाडौंमा छुट्टाछुट्टै निवेदन दर्ता गराउनुपर्नेछ।
थप जानकारीका लागि आधिकारिक सूचना हेर्नुहोस्:

