नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८३/०८४ का लागि आवश्यक पर्ने विभिन्न वस्तु तथा सेवाहरू आपूर्ति गर्ने फर्म वा कम्पनीहरूको सूची दर्ता (भेन्डर लिस्टिङ) गर्न आवेदन आह्वान गरेको छ। वित्तीय संस्थाले एक सूचना जारी गर्दै इच्छुक आपूर्तिकर्ता, सेवा प्रदायक फर्म तथा कम्पनीहरूलाई यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र केन्द्रीय कार्यालय कुश्मा, पर्वतमा आवश्यक कागजातसहित आवेदन दर्ता गराउन आग्रह गरेको छ। आ.व. २०८३/०८४ मा वित्तीय संस्थालाई आवश्यक पर्ने मसलन्द, कम्प्युटर, फर्निचर, बिमा पोलिसी, कर्मचारी पोशाक लगायतका सामग्री तथा सेवा उपलब्ध गराउन इच्छुक संस्थाले सूची दर्ता गराउनुपर्ने सूचनामा उल्लेख छ।
सूचीकृत फर्म वा कम्पनीमार्फत प्राप्त गरिने वस्तु तथा सेवाहरूमा मसलन्द सामग्री, कम्प्युटर, ल्यापटप, प्रिन्टर तथा सोको मर्मत सेवा, मेटल तथा काठका फर्निचर, सीसी क्यामेरा, अनलाइन यूपीएस, बीमासम्बन्धी विभिन्न पोलिसी सेवा, मुद्रण तथा कुरियर सेवा, कर्मचारी पोशाक आपूर्ति, भवनको आन्तरिक सजावट, र सवारी साधन तथा पार्टपुर्जा आपूर्ति एवं मर्मत सेवा लगायत रहेका छन्। इच्छुक व्यवसायीहरूले सूची दर्ताका लागि आवेदन पत्रसँगै फर्म वा कम्पनी दर्ताको प्रमाणपत्रको प्रतिलिपि, स्थायी लेखा नम्बर (प्यान) वा मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि, आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र र स्थानीय निकायमा व्यवसाय दर्ताको प्रमाणपत्रको प्रतिलिपि पेस गर्नुपर्ने कम्पनीले जनाएको छ।
वित्तीय संस्थाका अनुसार तोकिएको म्यादभित्र आवश्यक कागजातसहित आवेदन पेश गर्ने फर्म तथा कम्पनीहरूलाई मात्र स्वीकृत प्रक्रियामा सामेल गराइनेछ। साथै, वस्तु तथा सेवा सम्बन्धी कार्य पूरा वा आंशिक गराउने वा नगराउने सम्पूर्ण अधिकार वित्तीय संस्थामा निहित रहने र आपूर्ति सन्तोषजनक नदेखिएमा बिना सूचना सूचीबाट नाम हटाउन सकिने समेत सूचनामा स्पष्ट पारिएको छ।
थप जानकारीका लागि आधिकारिक सूचना हेर्नुहोस्:

