बोटलर्स नेपाल (तराई) लिमिटेडले आर्थिक वर्ष २०७५/७६ को ३३औं वार्षिक साधारण सभाबाट पारित भएको लाभांश हालसम्म नबुझेका सेयरधनीहरूलाई भुक्तानी लिन सार्वजनिक सूचना जारी गरेको छ। पाँच वर्ष पुगिसक्दा पनि केही सेयरधनी वा निजको हकवालाले लाभांश रकम संकलन नगरेकोले यो सूचना प्रकाशित गरिएको हो।
इच्छुक सेयरधनीहरूले आफ्नो परिचयपत्र सहित सूचना प्रकाशित भएको मितिले एक महिनाभित्र कम्पनीको सेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड, नक्सालमा सम्पर्क गर्नुपर्नेछ। तोकिएको समयभित्र रकम भुक्तानी नलिनु भएमा सो लाभांश कम्पनी ऐन बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने कम्पनीले जनाएको छ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
Company Info

Bottlers Nepal (Terai) Limited
BNT|Manufacturing
Last Traded Price
Rs. 11,650.00
50.00
(0.43%)
HighRs. 11,650.00
LowRs. 11,650.00
OpenRs. 11,650.00
Volume20
Updated on: Jul 7, 2026 15:00
