मिस्टर गुरुङ, अर्थात् ज्ञानेन्द्र गुरुङ, भोजपुरमा जन्मेर मोरङलाई स्थायी बसोबास बनाएका युवा खेलाडी हुन्, जो खेलकुद र समाजसेवामा आफ्नो अद्वितीय पहिचान बनाउँदै आएका छन्। हाल उनी युएईको दुबईमा रहेका छन्, जहाँ उनी मिक्स्ड मार्शल आर्टका अन्तर्राष्ट्रिय प्रशिक्षक र सक्रिय समाजसेवीका रूपमा परिचित छन्। २०१५ देखि खाडी मुलुकमा रहँदा उनले ठगिएका र अलपत्र परेका नेपाली दाजुभाइ-दिदीबहिनीको उद्धार गरी २०१९ मा नेपाल फर्काएका थिए। नेपालमा पनि उनले समाजसेवा र खेलकुद क्षेत्रमा सक्रिय भूमिका निर्वाह गरिरहेका छन्।
हाल दुबईमा बस्दै, उनले “Mr. Gurung and Rescue Team” गठन गरेका छन्, जसले विभिन्न समस्यामा परेका नेपालीलाई उद्धार गर्ने कार्यमा महत्त्वपूर्ण योगदान दिइरहेको छ। यो टिमले अहिलेसम्म ८० भन्दा बढी नेपालीलाई उद्धार गरी स्वदेश फर्काएको छ। दुबईमा रहेका नेपाली नागरिकलाई गाँस, बास र कपासको प्रबन्ध मिलाएर उद्धार गर्ने मिस्टर गुरुङले हरि लामा जस्ता धेरै पीडितलाई नयाँ जीवन दिएका छन्।
यस अभियानमा महेन्द्र मैनाली, किरण राई, र हेमराज मैनालीजस्ता थुप्रै सहकर्मीहरूको साथ छ। हेमराज मैनाली, जो व्यवसायी र यस टिमका प्रमुख सल्लाहकार हुन्,ले टिमलाई थप मजबुत बनाएका छन्। टिमले हालसम्म झण्डै ३ हजार युवालाई समेटिसकेको छ। “सरोकार केन्द्र” संस्थाका अध्यक्ष गोविन्द पन्थी र समाजसेवी महेन्द्र मैनालीको नेतृत्वमा यस उद्धार कार्यलाई थप व्यवस्थित गरिएको छ।
हालै नुवाकोटका हरि लामालाई उद्धार गरी नेपाल फर्काएपछि पीडित लामाले मिस्टर गुरुङलाई आफ्नो जीवनरक्षकको रूपमा सम्मान गरेका छन्। हरिले सडकमा बिताएको पीडा सुनाउँदै गुरुङको योगदानबिना आफू बाँच्न नसक्ने बताएका छन्। समाजसेवाका यी कार्यले मिस्टर गुरुङ र उनको टिमलाई सहानुभूति र प्रेरणाको प्रतीक बनाएको छ।
यस उद्धार अभियानमा टिमका सदस्यहरू र विभिन्न सल्लाहकारहरूले सक्रिय रूपमा साथ दिइरहेका छन्। गोविन्द पन्थीले पीडितलाई कानुनी न्याय दिलाउने प्रतिबद्धता जनाएका छन्, भने महेन्द्र मैनालीले उद्धार कार्यलाई निरन्तरता दिने वाचा गरेका छन्। मिस्टर गुरुङको नेतृत्वमा भइरहेको यो अभियानले नेपाली समाजमा सेवामूलक कार्यको प्रेरणा प्रदान गर्दै आएको छ।
समाजसेवी महेन्द्र मैनाली ‘प्रभास’ले उद्धार कार्यमा धेरै कठिन अनुभव सामना गरेको बताउँछन्। उनी भन्छन्, “हामीले गरेको समाजसेवा पूर्णतः नि:स्वार्थ हो। हामीले कुनै पनि फन्डको सहयोग लिएका छैनौं, तर पनि हाम्रो कामलाई नकारात्मक रूपमा हेर्नेहरूको कमी छैन।” समाज विविध सोच र व्यक्तित्वहरूको संगम हो, जहाँ काम गर्ने क्रममा तालि र लाञ्छना दुवै सामना गर्नुपर्छ। महेन्द्र मैनालीका अनुसार, यी परिस्थितिहरूलाई धैर्यपूर्वक सामना गर्न सक्नु र अघि बढ्न सक्नुनै वास्तविक सफलता हो।


प्रतिकृया