अमेरिकाको डढेलो: इतिहासकै महँगो हुने, बीमा कम्पनीहरू चिन्तित
अमेरिकाको लस एन्जलसमा भीषण जङ्गली डढेलोले ठूलो क्षति पुर्याइरहेको छ। बीमा गरिएका ठूला सम्पत्तिहरू नष्ट हुँदा बीमा कम्पनीहरू इतिहासकै सबैभन्दा ठूलो आर्थिक झट्का लाग्ने डरमा रहेका छन्। प्रारम्भिक अनुमानअनुसार, डढेलोले करिब ८ अर्ब डलरबराबरका बीमा गरिएका सम्पत्तिमा क्षति पुर्याएको छ, जसका कारण बीमकहरूले ठूलो धनराशि भुक्तानी गर्नुपर्ने छ।
जेपी मोर्गनका विश्लेषकहरूले भनेका छन् कि यदि आगो नियन्त्रणमा ल्याउन सकिएन भने बीमित नोक्सानी २० अर्ब डलर भन्दा बढी पुग्न सक्छ। डढेलोले अहिलेसम्म कम्तीमा ५ जनाको ज्यान लिइसकेको छ भने २ हजार भवन जलिसकेका छन्। दमकलका अथक प्रयासका बाबजुद आगो नियन्त्रणमा आउन नसक्दा डढेलोले अझै गम्भीर रूप लिन सक्ने अनुमान गरिएको छ।
हलिउड हिल्स क्षेत्र डढेलोको प्रमुख चपेटामा परेको छ।करिब ५,३०० भन्दा बढी भवन ध्वस्त भएका छन्, जसमा प्रतिष्ठित सनसेट बुलेभार्डमा रहेका घर, विद्यालय, र व्यावसायिक भवनसमेत रहेका छन्। घर गुमाउने सेलिब्रेटीहरूमा पेरिस हिल्टन, लेइटन मिस्टर, र एडम ब्रोडी जस्ता व्यक्तिहरू छन्।
न्युज एजेन्सीको सहयोगमा