भारतको गुजरात राज्यको अहमदाबादस्थित मेघानीनगरमा एयर इन्डियाको एक विमान दुर्घटनामा परेको छ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार लन्डनका लागि उडान भरेको एयर इन्डियाको ७८७ मोडेलको विमान दुर्घटनामा परेको हो। विमानले दिउँसो १:३८ बजे अहमदाबाद विमानस्थलबाट उडान भरेको थियो र केही मिनेटमै दुर्घटनाग्रस्त भएको बताइएको छ।
दुर्घटनाको समयमा विमानमा २४२ जना यात्रु सवार रहेको जनाइएको छ। दुर्घटनाको विस्तृत विवरण भने आउन बाँकी छ।
(एजेन्सीहरुको सहयोगमा)
















प्रतिकृया