करिब ४ लाख नेपाली कार्यरत रहेको खाडी मुलुक कतारमा इरानको मिसाइल प्रहारपछि त्रासको माहोल सिर्जना भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार इरानले कतारको सनैय क्षेत्रमा रहेको अमेरिकी सैन्य अड्डालाई लक्षित गर्दै मिसाइल प्रहार गरेको थियो।
यद्यपि, अमेरिकी सेनाले मिसाइलहरूलाई आकाशमै निष्क्रिय पारेको जनाएको छ। घटनापछि कतारको हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरिएको छ भने हवाइ उडानहरू स्थगित गरिएका छन्।
कतारी विदेश मन्त्रालयले पनि सुरक्षा कारणले एयरस्पेस बन्द गरिएको जानकारी दिएको छ। घटनापछि कतारका केही प्रमुख बजारहरू बन्द गरिएका छन् भने मानिसहरू घरमै त्रसित अवस्थामा बसेका छन्। अमेरिकी सैन्य अड्डा वरपर सुरक्षा व्यवस्था कडा पारिएको छ।



















![भोटेकोशी बाढीबारे संसद्मा प्रधानमन्त्री बालेनको सम्बोधन, के–के भने? [पूर्णपाठसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/Stay-Updated-With-1-150x150.png)
प्रतिकृया