नेपालबाट भारत हुँदै बङ्गलादेशसम्म १७ हजार मेगावाट विद्युत् निर्यात गर्ने सहमति



Advertisement
Ads

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अन्तरदेशीय प्रसारण लाइनमार्फत १७ हजार मेगावाट विद्युत् निर्यात गर्ने सहमति भारत सरकारसँग भएको बताएका छन्। इनर्जी इन्फर्मेसन सेन्टर प्रालिद्वारा प्रकाशित ऊर्जा खबर पत्रिकाको सातौँ अङ्क विमोचन गर्दै उनले ऊर्जा विकास मार्गचित्र, २०८१ को लक्ष्य पूरा गर्न दुई देशका सचिवस्तरीय बैठकले उक्त सहमति गरेको जानकारी गराए।

उनका अनुसार, आठ अन्तरदेशीय प्रसारण लाइन मार्फत भारत र बङ्गलादेशलाई विद्युत् निर्यात गर्ने सम्झौता भएको छ, जुन नेपालको ऊर्जा क्षेत्रको विकासका लागि महत्त्वपूर्ण छ। साथै, सरकारले विपन्न वर्गका लागि सस्तो ब्याजदरमा दुईदेखि पाँच लाखको सेयर उपलब्ध गराउने गरी काम गरिरहेको उनले बताए।


Advertisement

विद्युत्को सुनिश्चित बजार रहेको भन्दै उनले निजी क्षेत्रलाई ऊर्जा क्षेत्रमा लगानी गर्न आग्रह गरे। यसअघि जलविद्युत् आयोजना निर्माण भए पनि प्रसारण लाइनको अभावका कारण विद्युत् खेर गइरहेको उल्लेख गर्दै अब निजी क्षेत्रले प्रसारण लाइन निर्माणको व्यवस्था मिलाउने निर्णय गरिएको जानकारी गराए।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर